घर झगडामा बन्चरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाडौँ– घर झगडा हुँदा तनहुँमा एक ब्यक्तिले विहिबार बन्चरो प्रहर गरी श्रीमतीको हत्या गरेका छन्।

भानु नगरपालिका–८ गैरीफाँटमा ओमनारायण श्रेष्ठ (४२)ले श्रीमती प्रतिक्षा श्रेष्ठ (३९) को बन्चरोले हानेर हत्या गरेका हुन।

बन्चरोको चोटले गम्भिर घाईते भएकी प्रतिक्षाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुशन्धानमा घरायसी झगडाका कारण घटना भएको देखिएको छ। ओमनारायणलाई पक्राउ गरेर प्रहरीले घट्नाको अनुशन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट