रवि लामिछानेलाई अझै ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुशन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलार्य अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

२ कात्तिकमा काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट