बोलेरो दुर्घटना हुँदा अस्पताल हिडेका दम्पत्ती र चालकसहित तीन जनाको मृत्यु

काठमाडौँ– बुटवलमा बोलेरो जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दम्पत्ती समेत छन्।
प्रहरीका अनुसार बुटवलको तिनाउ पुल क्रश गरीसकेपछि मोडमा अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर अर्घाखाँची क्याटरिङको बोलेर पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा बुटवल–१२, नयाँगाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितका अनुसार दम्पत्ती गौरीको दमको उपचार गर्नका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल जाँदै थिए।
प्रतिक्रिया