भारतीय स्कारपियोले ठक्कर दिँदा मोटरसाईकलको पछाडि बसेका युवकको मृत्यु, चालक घाईते

राजविराज– सप्तरीमा भारतीय स्कारपियोको ठक्करबाट आईतबार मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
बोदेबरसाइन–सुभनपट्टी सडक हुँदै बोदेबरसाइन आउँदै गरेको वीआर ०७ बीएबी ८१७२ नम्बरको स्कारपिओले विपरीत दिशामा जाँदै गरेको मोटरसाईकललाई बोदेबरसाइन नगरपालिका–१०, खडकपुरमा ठक्कर दिएको थियो।
स्कारपियोको ठक्करबाट मोटरसाईकल चालक खडक नगरपालिका–११ का २४ वर्षीय मोहम्मद सद्दाम र खडक ७, कल्याणपुरका ३२ वर्षीय मोहम्मद कोराइस अलि घाईते भएका थिए। उनीहरुलाई उपचारका लागि स्थानीय जीवनज्वति अस्पताल बोदेबरसाइन लगिएको थियो।
पछाडि बसेका अलिको मृत्यु भएको र चालक सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ठक्कर दिने स्कारपिओ इलाका प्रहरी कार्यालय बोदेबरसाइनको नियन्त्रणमा छ भने चालक फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
प्रतिक्रिया