दमकमा ३ जना जवार मोटरसाईकल दुर्घटना हुँदा २ महिलाको मृत्यु, चालक घाईते

दमक— झापाको दमकमा आइतबार राति ३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ।

सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैँ गरेको प्रदेश न. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल दमक नगरपालिका–१० सेतुमारी चोक नजिक भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाईकलमा सवार गौरादह नगरपालिका–५ की ३२ कि जमुना धिमाल र सोही स्थानकी २५ वर्षीया मनचरी भनिने ओमकुमारी राईको मृत्यु भएको छ। उनीहरुको उपचारका क्रममा दमक अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मोरङको रतुवामाई नगरपालिका–८ का २७ वर्षीय बिराज थापाले मोटरसाइकल चलाएका थिए। मृतक महिला मोटरसाईकलको पछाडि बसेका थिए। मोटरसाइकल चालक थापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट