तीन जना सवार भारतीय मोटरसाइकलले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु, ४ जना घाईते

जनकपुर– धनुषाको जनकपुर उपमहानगरपालिका–२३ मा शनिवार साँझ ३ जना सवार भारतीय मोटरसाइकलले ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ४ जना घाइते भएका छन्।
शनिबार साँझ करिव ५ बजे जलेश्वरबाट जिरोमाईलतर्फ आउँदै गरेको बी.आर.०६ डि.जे.२६३२ नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो।
ठक्करबाट स्कुटरमा सवार महोत्तरीको पिपरा गाउँपालिका–५ की ६० वर्षीया राजमरी देवीको मृत्यु भएको हो। गम्भीर घाइते उनको विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा आईतबार बिहान करिव ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटरका चालक ६५ वर्षीय कामेश्वर प्रसाद यादव मोटरसाइकल चालक भारतको जिल्ला सितामढी ददरी बस्ने २९ वर्षीय संजित साह, उनकी श्रीमती २४ वर्षीया रूबी साह र जनकपुर उपमहानगरपालिका ४ का १६ वर्षीय सुशान्त साह घाइते भएका छन्।
घाईतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।