सप्तरीका पत्रकार वैद्यनाथ यादव पक्राउ

राजविराज– नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई प्रहरीले पक्राउ गरेको छ।

यादवलाई प्रहरीले आज विहानै पक्राउ गरेको हो। यादवले आफुलाई राजनीतिक पुर्वाग्रह राखेर पक्राउ गरिएको जनाएका छन्।

उनले फेसवुकमा लेखेका छन्–‘ जनमत पार्टी अध्यक्ष सिके राउत र मुख्यमन्त्री सतिश सिंह ज्युलाई बधाई तथा धन्यवाद। मलाई सप्तरी प्रहरीले नियन्त्रण लियो।’

पत्रकार यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नि सोधी सिन्धु रानीको सम्वन्ध विच्छेदको प्रकरणमा सोनीलाई सहयोग गर्दै आएका थिए। सोनीले यो कुरा फेसवुक मार्फत सार्वजनिक गरेकी थिईन। सोही प्रकरणमा षडयन्त्र पूर्व आफुलाई पक्राउ गरिएको यादवको आरोप छ।

साताअघि जनमत पार्टीका प्रदेश सांसदले मधेश प्रदेश सभामै वैद्यनाथलाई मुद्दा चलाउनु पर्ने अभिब्यक्ति दिएका थिए। त्यस लगत्तै यादव पक्राउ परेका हुन।

सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार वस्नेतले यादव विरुद्ध ठगीसम्वन्धी जाहेरी परेकाले अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट