आफनै साथीको कुटपिटबाट ३२ वर्षीय युवकको मृत्यु

विराटनगर— इलाममा आफनै साथीको कुटपिटबाट घाइते भएका एक युवकको मृत्यु भएको छ।

इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षीय मिलन सुनुवारको शनिबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार २४ माघको साँझ ७ बजे उनीलाई साथीहरुले कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भएको थियो।

डिस्चार्ज भईसकेपछि पनि बान्ता गर्न थालेपछि उनलाई उपचारका लागि झापा ल्याउँदै गर्दा सूर्योदय नगरपालिकाको कन्याममा पुगेपछि मृत्यु भएको डीएसपी मानबहादुर राईले बताए।

कुटपिट गर्ने व्यक्ति फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ। मिलनमाथि कुटपिटको कारण खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट