विद्यालयबाट फर्कदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ– कैलालीमा विद्यालयबाट कोठा फर्किदै गरेकी ७ कक्षामा पढ्ने १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन्।

धनगढी उपमहानगरपालिकामा बिहिबार साँझ १८ वर्षीय युवकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराका अनुसार किशोरी बाजुराबाट अध्ययनकै लागि धनगढी आएकी हुन।

स्कुलबाट घर फर्किँदै गरेकी उनलाई आरोपित युवकले आफ्नो घरमा लगेर बलात्कार गरेको जनाईएको छ। घटनाबारे जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी बोहराले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट