खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु

काठमाडौँ– कालिकोटमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ।
पलाँता गाउँपालिका–९ थिर्पुबाट खाद्यान्न सामान बोकेर खिनको छलाहा जाँदै गरेको ट्याक्टर राति करिव साढे ११ बजे पलाँता गाउँपालिका–२ लार्फमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेक बहादुर रावतका अनुसार दुर्घटनामा चालक मुगुको खत्याड–५ का २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया, पलाँता–५ का २६ वर्षीय अम्बा शाही, पलाँता–४ का २१ वर्षीय सदु बुढा, पलाँता ४ का २१ वर्षीय रबिन्द्र बिकको मृत्यु भएको हो।
ट्याक्टरको नम्बर खुलेको छैन। नम्बर मेटिएको र ब्लु बुक पनि नभेटिएको प्रहरीले जनाएको छ। ट्याक्टरको इन्जिन सडकबाट २ सय मिटर तल खसेको छ भने ट्रली ६०० मिटर तल खोचमा खसेको डीएसपी रावतले वताए।
प्रतिक्रिया