हेटौँडामा सडक भासिएर ५ सेकेण्डमै गायव भयो बोलेरो गाडी !

हेटौँडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान हेर्दाहेर्दै गायब भएको छ।

गैरीगाउँस्थित भित्री कच्ची सडकमा शुक्रबार दिउँसो करिब १ बजे सडक भासिँदा करिब ५ सेकेण्डमै ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी (भ्यान) गायव भएको थियो। घाँस काट्ने मेसिन बोकेको उक्त गाडी अझै फेला परेको छैन।

गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ। गाडीका चालक र सहचालकले भने गाडी भासिन थालेपछि हाम फालेर ज्यान बचाएका छन्। प्रत्यक्षदर्शीहरुका अनुसार गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि छ। बोरिङका कारण जमिन भासिएको मनुमान छ।

पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार सडक भासिएको स्थानमा नजिकै चालक हरि राईले माछा पालन समेत गरेका थिए।

उक्त गाडी भने माछा बोक्न प्रयोग गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट