परस्त्रीसँगको सम्बन्धः लालु यादवले छोरालाई घर र पार्टीबाट निस्कासन गरेपछि बोलिन बुहारी

काठमाडौँ– परस्त्रीसँग सम्बन्धमा रहेको खुलासा भएपछि भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालुप्रसाद यादवले आफना छोरा तेजप्रताप यादवलाई परिवार र पार्टीबाट ६ वर्षका लागि निष्कासन गरेका छन्। यो घटनाले अहिले सनसनी मच्चाईरहेको छ।
चरित्र र नैतिक आचरणमा प्रश्न उठेपछि परिवार र पार्टी दुवैबाट निकालिएका तेजप्रताप यादवकी पत्नी ऐश्वर्या रायले पनि मुख खोलेकी छन। उनी पूर्वमुख्यमन्त्री दरोगा प्रसाद रायकी नातिनी तथा पूर्वमन्त्री चन्द्रिका रायकी छोरी हुन।
ऐश्वर्या र तेजप्रतापबीच सन २०१८ मा विवाह भएको थियो। तर त्यसको केही महिनापछि नै उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगे। हाल उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ। यहीबीचमा तेजप्रतापको परस्त्रिसँगको सम्वन्ध् वाहिर आएको हो।
गत शनिबार साँझ अनुष्का यादव नाम गरेकी युवतीसँग बसेको तस्बिर फेसबुकमा सार्वजनिक गरी आफूहरूबीच १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेको उनले खुलासा गरेका थिए। पछि त्यो पोस्ट डिलिट गर्दै कसैले आफ्नो फेसबुक ह्याक गरी बदनाम गर्न खोजेको आरोप लगाए। उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो दावी गरेका थिए।
यस विषयमा पत्नी ऐश्वर्याले परस्त्रीसँग सम्वन्ध रहेको मान्छेले आफुलाई विवाह किन गरेको ? भनेर प्रश्न गरेकी छिन्। ‘जब यी मानिसलाई कुरा यस्तो छ भन्ने थाहा थियो भने मसँग विवाह किन गराए? तिनले मेरो जीवन किन बर्बाद पारे?’ उनले भनेकी छिन्–‘अब तिनको (लालु प्रसाद यादव परिवारको) सामाजिक न्यायको भावना जागृत भएको छ।’
उनीहरुले चुनावका कारण यस्तो नाटक गरेको भन्दै ऐश्वर्याले यी तमाम घट्नामा सबैको मिलेमतो रहेको दाबी गरिन। ‘मलाई कुटपिट गर्दा उनीहरूको सामाजिक न्याय कहाँ थियो? उनीहरूलाई सोध्नुहोस।’