ज्यान मुद्दामा सफाई पाएका आफताब आलमलाई मस्तिष्कघात, अन्नपूर्ण न्यूरो अस्पताल भर्ना

काठमाडौँ– २ दिनअघि मात्रै जेल मुक्त भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात (स्ट्रोक) भएको छ।

काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना गरी उनको उपचार भइरहेको छ। आजै विहान करिव ७ बजे मस्तिष्कघातमा परेका उनलाई साढे १० बजे अस्पताल पु¥याइएको थियो।

चिकित्सकहरुका अनुसार उनी अस्पताल पुग्दासम्म बोली अस्पष्ट थियो र शरीरको दायाँ भाग कमजोर अवस्थामा थियो। एमआरआई गर्दा ‘एक्युट स्ट्रोक’ देखिएको जानकारी चिकित्सकले दिएका छन।

हाल उनलाई औषधि चलाएर आईसीयूमा राखिएको छ। जानकारी अनुसार, आलम मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्दै आइरहेका थिए।

यही साता, आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगञ्ज वीरगञ्ज इजलासले २०६४ सालमा रौतहटमा भएको बम विस्फोट र त्यसपछि घाइतेलाई इँटाभट्टामा जलाएर मारेको ज्यान मुद्दामा आलमलाई सफाइ दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट