नारायणी नदीको बाँध भत्किएर बीचमा फसेका २२ जनाको सकुशल उद्धार, एक टिपर डुब्यो

चितवन– नारायणी नदीको बाँध फुटेर संकटमा परेका २२ जनाको सशस्त्र प्रहरीले उद्धारको छ।
भरतपुर महानगरपालिका–१६, शिवघाटस्थित नारायणी नदीमा बाँध बाँधेर गिट्टी–बालुवा निकाल्ने क्रममा बाँध फुटेपछि उनीहरू नदीको बीच भागमा फसेका थिए।
घटनापछि सशस्त्र प्रहरी बलको १७ नम्बर गण चितवनबाट इन्स्पेक्टर चामनारायण महतोको कमाण्डमा उद्धार टोली खटिएको थियो। टोलीमा गोताखोरसहित बोट प्रयोग गरेर तत्काल उद्धार कार्य थालिएको थियो।
जोखिमपूर्ण अवस्थामा रहेका सबैलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। गिट्टी बालुवा लोड गर्न नदीमा पुगेको एउटा टिपर भने डुबेको पुष्टि भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
स्थानीय सुरक्षाकर्मी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको समन्वयले ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ।
प्रतिक्रिया