बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

हेटौंडा– मकवानपुरमा बिहिबार बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–७ मैनाटारका वीरबहादुर वाईवाकी छोरी ८ वर्षीया अस्मिताको मृत्यु भएको हो। अस्पतालमा उपचारकै क्रममा बालिकाको राति मृत्यु भएको डीएसपी श्यामु अर्यालले जानकारी दिए।
उनलाई १४ जेठको विहान नुहाएर कपडा लगाउने क्रममा कम्मरको वायाँ भागमा बिच्छीले टोकेको थियो। दिउँसोदेखि श्वासप्रश्वासमा समस्या भएपनि बिहीवार बिहान मात्रै उनलाई हेटौंडा अस्पताल ल्याईएको थियो।
प्रतिक्रिया