सिरहामा घाँस काट्दै गरेकी महिलाको चट्याङ लागेर मृत्यु

लहान— खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा सिरहामा एक महिलाको ज्यान गएको छ।
मृत्यु हुनेमा सिरहा नगरपालिका–१९ जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी खत्बे मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। आइतबार दिउँसो आफ्नै खेतमा घाँस काट्दै गर्दा अचानक चट्याङ खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो।
प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले हरेक वर्ष मनसुन अवधिमा सिरहा आसपासका क्षेत्रमा चट्याङ लाग्ने घटना बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन्।
प्रतिक्रिया