सर्लाहीमा माटोको ढिस्कोले पुरिएर दुई बालबालिकासहित चारजनाको मृत्यु

जनकपुर— सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा मंगलबार बिहान माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चारजनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये दुई बालबालिका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथाना निवासी ६५ वर्षीया सायदा खातुन, सोही गाउँकी ६ वर्षीया सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षीया छोरी नर्गिस खातुन छन्।

प्रहरीका अनुसार दशैंका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा बिहान करिब साढे ९ बजे अचानक ढिस्को खस्दा चारैजना पुरिएका थिए। स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए।

दशैं नजिकिँदै गर्दा गाउँघरमा लिपपोत गर्न माटो खन्ने परम्परागत चलनका कारण यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेको स्थानीयले बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट