झापा— जेनजी आन्दोलनमा लुटिएको इन्सास राईफल झाडीमा भेटियो

दमक— गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएको हतियार बिर्तामोड नगरपालिका–६, सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीमा फेला परेको छ। प्रहरीका अनुसार बेवारिसे अवस्थामा हतियार र गोलीले फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काका अनुसार, फेला परेको हतियारमा इन्सास हतियार नम्बर ०३११००८७२ (थान–१), म्याग्जिन (थान–१), राउन्ड–१९ साबुत र राउन्ड–२ बेसाबुत समावेश छ। बरामद हतियारलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ र थप अनुसन्धान जारी रहेको छ।

डीएसपी खड्काका अनुसार, जेनजी आन्दोलनका क्रममा बिर्तामोड र दमकबाट लुटिएका हतियारमध्ये २२ थान अझै फेला पर्न बाँकी छन्। प्रहरीका अनुसार, फेला परेको हतियार बेवारिसे अवस्थामा भेटिएको हुनाले यसले सुरक्षा प्रणालीमा रहेका कमजोरी उजागर गरेको छ।

बरामद हतियारको अनुसन्धानले आगामी दिनमा आन्दोलनमा संलग्न व्यक्तिहरूको पहिचान र संभावित अपराध गतिविधि नियन्त्रणमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

स्थानीय प्रशासन र सुरक्षा निकायले बाँकी हतियारको खोजी, नियन्त्रण र स्थानीय सुरक्षामा ध्यान केन्द्रित गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट