श्रीमानको रिसले दुई नाबालिका छोरीको घाँटी थिचेर हत्या, आमा प्रहरी हिरासतमा

काठमाडौँ– सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ सिस्नेपाल गाउँमा दुई बालिका आफ्नै घरभित्र मृत फेला परेको घट्नामा आमा पक्राउ परेकी छिन्।
छोरीहरु ३ वर्षीया करिश्मा र ६ महिनाकी राघवी रानाको हत्या गरेको आशङ्कामा प्रहरीले आमा २६ वर्षीया पूर्णिमा रानामगरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार रोजगारीका सिलसिलामा नुवाकोटमा भएका पति टेकमान रानामगरसँग शुधबार विहान करिव १० बजे फोनमा झगडा परेपछि त्यसैको रिसमा पूर्णिमाले नाबालिका छोरीको हत्या गरेको प्रारम्भिक अनुशन्धानमा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी केशरकुमार न्यौपानेका अनुसार घटनाअघि बुधबार बिहान श्रीमानसँग फोनमा झगडा भएको देखिएको छ। पूर्णिमाले आफू पनि मर्ने उद्देश्यले छोरीहरूलाई घाँटी थिचेर मारेको खुलेको न्यौपानेले वताए। पूर्णिमाले हत्या स्विकार गरेकी छिन्।
‘कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो। त्यसपछि मैले रिसको झोंकमा उनीहरूको हत्या गरेँ। उनीहरूलाई पनि मार्ने र आफू पनि मर्ने भन्दै पहिला बच्चालाई मारेँ’ उनले बयानमा भनेकी छिन्–‘तर आफू मर्न सकिनँ।’
बिहान घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
लोकप्रिय
ताजा अपडेट

जुम्ला घुम्न गएका हृदयन्द्रको भ्लगले दर्शकको मन जित्यो, भन्छन्– हामी लाग्यौं भने देश समृद्ध हुन्छ होला
