जनकपुरमा आमाको अवैध सम्बन्धका कारण १५ वर्षीया किशोरीको निर्मम हत्याः यस्तो छ पुरा कहानी

जनकपुर — धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा सोमबार राति १५ वर्षीया किशोरी अञ्जली यादवको खुकुरी प्रहारबाट हत्या गरिएको घटनाको जड आमाको अवैध सम्बन्धसँग जोडिएको खुलेको छ।

प्रहरीका अनुसार अञ्जलीकी आमा आशादेवी लामो समयदेखि क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहसँग अवैध सम्बन्ध थियो। तर पछिल्लो समय आशादेवीले सम्बन्धमा चिट गर्न थालेपछि आक्रोशित बनेका रामबाबुले उनको हत्या गर्ने योजना बनाएका थिए।

योजना अनुसार स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा भाडाको कोठामा पुगेर राति करिव ११ बजे रामबाबुले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। जसमा अञ्जलीको घट्नास्थलमै मृत्यु भएको थियो भने आशा र अञ्जलीका मामाकी छोरी राधा यादव घाईते भएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राधा उपचारपछि डिस्चार्ज भई घर फर्किसकेकी छिन् भने आशादेवीको अवस्था गम्भीर छ। उनको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रामबाबु श्रीमतीको हत्याको कसुरमा ५ वर्ष जेल बसेर छुटेका ब्यक्ति हुन। उनले २०७१ चैत २ गते आफ्नी श्रीमती सरितादेवी साहको हत्या गरेको अनुशन्धानबाट पुष्टि भएको छ। सोही कसुरमा जेल परेका उनी ५ वर्षको सजाय काटेर ०७७ मा रिहा भएका थिए।

त्यसपछि रामबाबु र बटेश्वर गाउँपालिका–५ शान्तिपुर घर भई जनकपुरमा वसेकी आशादेवी सम्बन्धमा जोडिएको तथा आर्थिक लेनदेनसमेत भएको देखिएको धनुषाका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए। ‘उनीहरूबीच जनकपुरमा कोठा लिएर बस्ने सहमति थियो, जुन कुरा आशादेवीका पति दिनेश यादवले पत्ता लगाएपछि कलह सुरु भयो। यो विवाद इलाका प्रहरी कार्यालय ढलकेवरसम्म पुगेको थियो। रामबाबुले केही जरिवाना तिरेपछि आशासँगै बस्ने सहमति भयो।’–डीएसपी सिंहले भने।

रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिएका थिए। तर, पछि आशाको आर्थिक अवस्था सुधार हुँदै गएपछि उनले रामबाबुलाई वेवास्ता गर्न थालेको अनुशन्धानबाट खुलेको छ। केही समयअघि आशाले अटो रिक्सा पनि आफ्ना भाइको नाममा दर्ता गराएपछि दुवै बीच विवाद भएको थियो। त्यसपछि आशा उक्त डेरा परिवर्तन गरि आफ्ना श्रीमान (दिनेश) र छोरीसँग बस्न थालेकी थिइन्। आशाका श्रीमान वैदेशिक रोजगारमा रहदै आएका छन्।

यता, रामबाबुले फोन गर्दा आशाले फोन नउठाउने, दुरी बढाउने तथा श्रीमतीलाई समेत म्यासेज गरी झगडा गराउनेजस्ता व्यवहार देखिएपछि उनी आक्रोशमा आएका थिए। घटनाको राती आशाले रामबाबुलाई फोनमै गाली गलौज गर्दै फोन काटेकि थिइन्। त्यसपछि रामबाबु खुकुरीसहित राती ११ बजे आशाको डेरामा पुगेका थिए।

प्रहीका अनुसार रामबाबु डेरा पुगेपछि आशालाई कुटपिट तथा कुखुरी प्रहार गर्न थाले। कुखुरी प्रहार गरेदेखेपछि अञ्जलीले आमालाई बचाउन कोशिस गर्दा रामबाबुले अञ्जलीमाथि नै कुखुरी प्रहार गरे।

धनुषाका एसपी नरहरी रेग्मीले पनि घट्नाको बारेमा जानकारी दिदै भनेका छन्–‘अहिलेसम्मको अनुसन्धानले अवैध सम्बन्धमा पनि चिट भएको कारण घटना भएको देखिन्छ।’ हत्यामा संलग्न रामबाबु साहलाई विहिबार प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार घटनामा प्रयोग गरिएको खुकुरी र उनले प्रयोग गरेको सवारीसाधन समेत बरामद गरिएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट