हमासले बन्धक बनाएका अमेरिकी मूलका इजरायली दम्पतीकै शव भेटियो

काठमाडौँ — इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्र खान युनिसबाट अमेरिकी मूलका इजरायली नागरिक दम्पतीको शव फेला पारेको जनाएको छ।
सेनाले सार्वजनिक गरेको विवरणअनुसार ७० वर्षीया जुडी वाइनस्टाइन हाग्गाई र उनका पति ७२ वर्षीय गादी हाग्गाईको शव फेला परेको हो। दुवै जनालाई हमासले सन २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्रमा भएको हमला क्रममा बन्धक बनाएको थियो।
जुडी वाइनस्टाइन क्यानडाली नागरिक पनि थिइन। उनीहरूलाई गाजाबाट नियन्त्रणमा लिईएको थियो। उनीहरुको हाल मात्र शव बरामद गरिएको इजरायली सेनाले बताएको छ। शवहरूलाई फोरेन्सिक परीक्षणका लागि इजरायलमा राखिएको छ।
इजरायली सुरक्षानिकायका अनुसार हालसम्म गाजामा हमासको कब्जामा ५६ जना इजरायली नागरिक छन, जसमध्ये कम्तीमा २० जना जीवित रहेको अनुमान गरिएको छ। शव भेटिएको घटनालाई इजरायलले हमासको अमानवीय हिंसाको प्रमाणको रूपमा व्याख्या गरेको छ।
दम्पतीको हत्या र शव बरामदसँगै युद्धले पारिरहेको मानवीय क्षति पुनः चर्को रूपमा अन्तर्राष्ट्रिय ध्यानमा आएको छ। इजरायलले बन्धकहरूको रिहाइका लागि जारी सैन्य कारबाहीलाई औचित्यपूर्ण बताइरहेको छ भने गाजामा मानवीय संकट थप गहिरिँदै गएको अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गर्दै आएको छ।
लोकप्रिय
ताजा अपडेट

जुम्ला घुम्न गएका हृदयन्द्रको भ्लगले दर्शकको मन जित्यो, भन्छन्– हामी लाग्यौं भने देश समृद्ध हुन्छ होला
