सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ, कहिले पक्राउ पर्छन रवि लामिछानेका ब्यवसायीक पार्टनर ?
![सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ, कहिले पक्राउ पर्छन रवि लामिछानेका ब्यवसायीक पार्टनर ?](https://www.sheershakhabar.com/wp-content/uploads/2023/09/GB-rai.jpg)
काठमाण्डौं– बचतकर्तको एक अरवभन्दा वढि रकम गठी गरेको आरोपमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुमार रम्तेल सोमवार पक्राउ परेका छन्।
रम्तेललाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवनकुमार विकले जानकारी दिए। उनीसहित सात जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन्। उनलाई तत्कालिन संचारकर्मी एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्काएर टेलिभिजनमा लगानी गराएको वताईन्छ।
बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ। सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले प्रहरीमा जाहेरी दिएका छन्।
उनीहरूले एक अर्ब आठ करोड बढी रकम हिनामिना गरेको आरोप छ।