रिलिज अगाबै किन विवादमा पर्यो ‘एक भागवत गीता’ ? यसरी निकालियो समाधान

काठमाण्डौं– भदौ २९ गते रिजिल हुने चलचित्र ‘एक भागवत गीता’ त्यस अगावै विवादमा पर्यो। नामका विषयमा हिन्दुवादी संस्थाहरुले विवाद गरे।
चलचित्रको नाम भागवत गीता राखेर पवित्र धार्मिक ग्रन्थको नाम दुरुपयोग भएको भन्दै यसको नाम परिवर्तन गर्न दबाब दिइरहेका थिए । यही कारण देखाउँदै चलचित्र विकास बोर्डले समेत यो फिल्मलाई सेन्सर गर्न अनुमतिपत्र पनि दिएको थियो ।
उक्त चलचित्र अव नाम परिवर्तन गरेर मात्रै रिलिज हुने भएको छ। अब चलचित्रको नाम ‘एक भागवत एक गीता’ राखिने भएको छ।
बोर्डमा चलचित्रको निर्माण टिम, सम्बन्धित धार्मिक संस्थाका प्रतिनिधि र बोर्डका पदाधिकारी बसेर नाम फेर्ने विकल्प खोजेका हुन। छलफलमा यो चलचित्रको आधा दर्जन नयाँ नाम बोर्डमा पेस गरिएको थियो । बोर्डमा यी नामहरू ‘एक भागवत् र एक गीताको प्रेमकथा’, ‘एक भागवत र एक गीताको कथा’, ‘एक गीता भागवत’, ‘एक भागवत’ या ‘एक गीता’, ‘अर्को भागवत गीता’, ‘एक भागवत–गीता’ पेस गरिएको थियो ।
जसमध्येबाट निर्देशक दीपेन्द्र के खनालले ‘एक भागवत र एक गीता’ नाम जुराएका हुन् ।
विपिन कार्की, धिरज मगर, सुहाना थापाको शीर्ष भूमिका रहेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । नाम परिवर्तनपछि अब यो फिल्म २९ भदौमै रिलिज हुने भएको छ ।