कहिले रिलिज हुँदैछ अर्जुन र रश्मिकाको फिल्म ‘पुष्पा २’
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहेको फिल्म पुष्पा सुपरहिट भयो। अहिले यही जोडिलाई लिएर फिल्म ‘पुष्पा २’ पनि निर्माण चरणमा छन्।
तर, पुष्पा २ को रिलिज डेट भने सार्वजनिक भईसकेको छ। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति सन् २०२४ अगस्ट १५ अर्थात २०८१ साउन ३१ गते सुरु हुने जनाएको छ।
भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर फिल्म प्रदर्शन गर्न लागिएको यो फिल्मको नाम ‘पुष्पाः द रूल’ राखिएको छ।
सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ बक्स अफिसमा सफल भएको थियो। ‘पुष्पा’ सफल भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ। फिल्मले विश्वभरबाट ३ सय करोड भारू कमाएको थियो।
प्रतिक्रिया