मामाको घोडा मेरो हिहिः चोरीको बाईकमा प्रहरीको रजाईँ

राजविराज – एसपी नरेन्द्र कार्की प्रमुख भएर आएपछि सप्तरी प्रहरी लगातार चर्चा र आलोचनाको केन्द्रमा छ। कहिले पत्रकार कुटपिट गर्ने, अनि कहिले समाचार संकलन गर्न गएका पत्रकारलाई कुटपिट गर्ने कै उजुरीमा पत्रकारलाई थुन्ने गरेका कारण पनि प्रहरी चर्चामा आईरहेको छ।
सप्तरी प्रहरी अरुलाई नियम कानुन सिकाउँछ। आफनो काम गरिरहेका निरापराधिलाई पनि पक्राउ गर्छ र दुःख दिन्छ। सडकमा गाडि रोकेर हैरान पार्छ। त्यहाँ पनि नियम कानुन पढाउँछ र विना कारण पूर्जी काट्ने धम्की दिएर पैसा उठाउँछ।
तर, आफु भने नियम र कानुनको धज्जी उडाउँछ। प्रहरी आफै चोरीका मोटरसाईकल कुदाउँछ। अहिले समाजिक सञ्जालमा यसै विषयको चर्चा भईरहेको छ। जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा काम गर्ने दुई जना प्रहरी चोरीको मोटरसाईकल चढेर बजार निस्केका वेला कसैले उनीहरुको फोटो खिचेको छ।
फोटोमा उनीहरु चढेको मोटरसाईकलमा अगाडि र पछाडि दुवैतर्फ नम्वर प्लेट छैन। उनीहरु बीच सडकमा मोटरसाईकल रोकेर ड्युटीमा रहेको अर्को वर्दिवाला प्रहरीसँग गफ गरिरहेका छन्। उक्त फोटो अहिले फेसवुकमा भाईरल छ।
सप्तरीका डीएसपी नरेश कुमार सिंहले भने यस विषयमा कुनै जवाफ दिन चाहेनन्। ‘गाडी चोरीको हो ?’ भन्ने प्रश्नमा उनले ‘आफुले नहेरी जवाफ दिन नसक्ने’ वताए। मुद्दा फाँटमा को को हुनुहुन्छ भन्ने प्रश्नको जवाफ पनि उनले दिएनन्।
‘नियम कानुन उलंघन गर्ने प्रहरीलाई पनि कारवाही हुन्छ की कारवाही नागरिकले मात्रै भोग्नु पर्ने हो ?’ भन्ने प्रश्नमा भने उनले त्यो विषयमा एसपीसँग वुझ्न आग्रह गरे।