सीडीओ कार्यालयले विराटनगरमा किन जारी गर्यो २ महिने निषेधाज्ञा ? (सूचनासहित)

विराटनगर– सीडीओ कार्यालय मोरङले मंगलबारदेखि लागू हुनेगरी विराटनगरमा दुई महिना निषेधज्ञाको आदेश जारी गरेको छ । सीडीओ वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन।

महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस र प्रदर्शन जस्ता कार्यलाई निरुत्साहित गर्न निषेधाज्ञा जारि गरिएको कार्यालयले जनाएको छ। निषेधाज्ञा असोज २ गते बिहान ६ बजेदेखि लागू हुनेछ।

सूचना अनुसार विराटनगरमा निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको हो। स्थानीय प्रशासनको निषेधाज्ञाका कारण यो अवधिमा पर्ने कुनै पनि चाडपर्व महानगरवासीले निषेधाज्ञाको घेरामा रहेर मनाउनु पर्ने भएको छ ।

पहिचानवादी र जनता समाजवादी पार्टीको सम्भावित आन्दोलन, धर्ना र जुलुसलाई मध्यनजर गर्दै महानगरका निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको सीडीओ यादवले वताए। विगतमा पनि महानगरका निश्चित स्थानमा अघोषितरुपमा निषेधाज्ञा थियो ।

यसपालि ती स्थानमा समयावधि तोकेरै निषेधाज्ञा जारी गरिएको हो । यसले समूहगत रुपका बाधा विरोधका गतिविधिबाहेक जनताको दैनिक जनजीवनमा कुनै पनि प्रभाव नपार्ने यादवको भनाई छ।

सूचना अनुसार महानगरको देवकोटा चोकदेखि पश्चिमको अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयदेखि तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा निषेधज्ञा लागू हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट