जन्मजात बोल्न नसक्ने १२ कक्षा पास गरेका हत्याराले प्रहरीसँग सोधे– म कतिखेर घर जान पाउँछु ?

काठमाडौं– काठमाडौं गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सञ्जय भण्डारीले आफुले गल्ती गरेको स्विकार्दै माफ दिन आग्रह गरेका छन्।

आफुले ४ जनाको हत्या गरेको स्विकार गर्दै उनले पहिलोपटक हत्या गर्दा जेल जानुपर्छ, प्रहरीले पक्राउ गर्छ भन्ने थाहा नभएको दाबी गरेका छन्।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार प्रहरीले पत्रकार सम्मेलन गर्ने क्रममा उनले आफूलाई मिडियामा नदेखाउन पनि आग्रह गरेका थिए ।

उनले कागजको पाना आफ्ना कुरा लेख्दै घटनाको फटाफट जिम्मा लिए। त्यसपछि उनले प्रहरीलाई भने–‘म घर कतिखेर जान सक्छु?’

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थायी घर भएका २३ वर्षीय भण्डारी जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले सांकेतिक भाषाविज्ञको सहयोगमा उनीसँग बयान लिएको थियो।

प्रहरीका अनुसार उनले लेखेका थिए– ‘आई किल्ड फोर पिपुल’ (अर्थात् मैले नै ४ जना मारेको हुँ)। जन्मजात बोल्न नसक्ने भए पनि भण्डारीले कक्षा १२ सम्म पढेका छन्। सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म पढेर उनले थप अध्ययन काठमाडौं आएर गरेको खुल्न आएको छ।

उनले सांकेतिक भाषामा अध्ययन गरेका हुन्।

गत शुक्रबार राति गैरीगाउँस्थित दिव्य सःमिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनका पत्नी ५० वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया शुभद्रा भुजेल तथा मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नवीन भनिने विशाल राईको हत्या भएको थियो। उनलाई प्रहरीले आइतबार सीसीटीभी फुटेजका आधारमा पेप्सीकोलाबाट पक्राउ गरेको हो। सञ्जयले नविनसँग आफनो रिसईजी रहेको र उनको हत्यापछि घटना खुल्ने डरले अरुको पनि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

यसरी भयो घटना
प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भन्ने विशाल राई मात्रै थिए । केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो ।

त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए । त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयान दिएका छन्। भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आउजाउ गर्ने क्रममा विशाल सःमिलको घर टहरोमा राईलाई देखेका थिए । घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे छप्काई दिने भनेर हिडेका थिए।

उनी पछाडि पट्टीको बन्द गेटबाट चढेर राईको कोठामा पुगेका थिए । केहीबेरमा आएका राईले किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भण्डारीले स्वीकार गरेका छन्।

राईलाई आक्रमण गरेपछि सुरुमा सुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिकालाई टाउकोमै खुकुरी प्रहार गरेका थिए । घटनापछि उनी फेरि काँडाघारीस्थित दिदीभिनाजुको कोठामा पुगेर सुतेका थिए । भोलिपल्ट शनिबार अरु दिनजस्तै नक्सालस्थित आफू पढेको स्कुलका साथीहरुलाई भेट्न गए ।

आइतबार भने प्रहरीले खोजिरहेको हुनसक्छ भनेर सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट