२७ वर्षको हुँदा हत्या गरी फरार भएका ब्यक्ति ६७ वर्षको हुँदा पक्राउ

भोजपुर– २७ वर्षको हुँदा एक पुरुषको हत्या गरेका भोजपुरको साविक दोभाने गाविस–८ घर भएका चक्रबहादुर राईलाई प्रहरीले ६७ वर्षको हुँदा पक्राउ गरेको छ।

३४ वर्षअघि भएको उक्त घट्नामा राईलाई शुक्रवार पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ। ०४६ कात्तिक १७ गते २७ वर्षीय बद्रीकुमार राईको हत्या गरेको आरोप उनीमाथि छ। बद्रीकुमार वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेका थिए।

चक्रबहादुरसहित चार जनाको समूह उक्त घरमा पसेर घरेलु हतियार प्रयोग गरी बद्रीकुमारलाई घाईते वनाएका थिए। उनको बायाँ हातसमेत छिनाएर लगेका थिए। अस्पताल लाँदै गर्दा उनको मृत्यु भएको थियो।

त्यसपछि चक्रबहादुरको समूह फरार भागेर भारतमा लुकेको थियो। उनीहरु विरुद्ध जाहेरी पर्यो। ०६० जेठ २७ गते जिल्ला अदालतले उनीहरूलाई सर्वस्वसहित जन्म कैदको सजाय सनाएको थियो।

त्यसको लामो समयपछि चक्रबहादुरले परिवार पनि भोजपुर छोडेर इटहरी उपमहानगरपालिका–२० तरहरामा सरे। त्यसपछि केही वर्षअघि मात्र चक्रवहादुर नेपाल फर्किए। घर फर्किएर सुँगुर पालनको व्यवसाय थालेका उनलाई प्रहरीले सुराकी प्रयोग गरेर शुक्रबार पक्राउ गरेको हो।

उनले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट