बालेन्द्रले नगर प्रहरी लगाएर अभियान्ता ईः लाई थर्काए, बढ्यो आन्दोलनको समय

काठमाण्डौं– फुटपाथ व्यवसायीलाई विकल्पविना विस्थापित गरेको विरोधमा असोज १ गतेदेखि राष्ट्रिय सभागृहको मूलगेटअगाडिको सडकमा निरन्तर उभिएर आन्दोन गरिरहेका सामाजिक अभियन्ता ई: (इशान शाक्य) काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नगर प्रहरी लगाएर थर्काएको आरोप लगाएका छन्।

ईः ईः अभियन्ताहरुले सोमबार सामाजिक सञ्जालमै मेयर साहलाई जवाफ दिँदै नगर प्रहरी लगाएर थर्काउने काम भएको बताएका हुन्। मेयर साहले वार्तामा बोलाउँदा पनि सम्पर्कमा नआएको आरोप लगाएपछि सामाजिक अभियन्ता ईः ले आफूहरुलाई थर्काउने काम भएको बताएका हुन्।

‘मेयर यहाँ आउनु भएको होइन। जवाफदेहिता मागिरहेका साथीहरु साक्षी छन्। करिब २० मिनेट अगाडि अकास्मत एकजना नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरुलाई बोलाउन ३० मिनेट समय माग्यौँ। नगर प्रहरीले रिसाएर जवाफ दिए, ‘त्यसो भए मेयरले भेट्दैन।’– उनले सामाजिक सञ्जालमा लेखेका छन्।

तर उता मेयर बालेन्द्रले भने आफैं वार्ता गर्न तयार रहेको बेला अभियन्ताहरु सम्पर्कमै नआएको जिकिर गरेका छन्।

‘विगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिइरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ। यहाहरुको कुरा र समस्या सुनौँभन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन’, बालेन्द्रले भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौँ। सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौँ। के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने?’

अभियान्ता ईः ले मेयर बालेन्द्रले देखाएको व्यवहार ‘राजा महाराजाभन्दा पनि चर्को’ भएको टिप्पणी गरे । ‘वार्ता भनेपछि पूर्वसूचना हुनुपर्छ, नगर प्रहरीको माध्यमबाट हकारेर तत्काल आयो भने हुन्छ, नभए भेट हुँदैन भनेर थर्काउनु त पहिलेको जस्तै सनक प्रवृत्तिको निरन्तरता भयो’, उनले भने, ‘७ दिनदेखि उभिएर बसेका छौं । वार्ता भनेपछि हाई हेलो भनेर मात्र गरेर त भएन नि !’

यता, सुरुमा ७७ घन्टा भनिएको उनको विरोध कार्यक्रम १२८ हुँदै १९९ घन्टा पु-याउने घोषणा भएको छ ।

सम्वन्धित…

कांग्रेस महामन्त्री गगन थापालाई बालेन्द्रले भेट्ने समय दिएनन् ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट