कांग्रेस महामन्त्री गगन थापालाई बालेन्द्रले भेट्ने समय दिएनन् ?

काठमाण्डौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंका मेयर बालेन्द्र साहलाई भेट गर्न खोज्दा समय नपाएको खुलेको छ।

काठमाडौं ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गगन थापाले राष्ट्रिय सभागृहबाहिर छैटौं दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईःलगायतका बारेमा छलफल गर्न बालेन्द्रलाई भेट्ने प्रयास गरेका थिए।

महामन्त्री थापाले इःलगायतले उठाएको फुटपाथ व्यवसायीको विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागमा समर्थन समेत जनाएका छन् । उनले सँगै बसेर कुरा गरेपछि एक अर्काको मत र दृष्टिकोण बुझेपछि एउटा उपाय निस्कने समेत बताएका छन् ।

थापाले आईतवार सामाजिक सञ्जालमा लेख्दै निर्वाचित सरकारसँग जबाफदेहिता खोजिरहेका अभियन्ताहरु र महानगरबीच शीघ्र संवादको वातावरण बनोस् भन्ने कामना पनि गरेका छन्।

आफूलाई ईः भनेर चिनाउँने इशान शाक्य ‘संविधान मेरो होइन’ भनेर सिंहदरवारमा केही वर्षअघि रातो पोतेर चर्चामा आएका थिए। उनले आफनै नेतृत्वमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध ‘इनफ इज इनफ’ अभियान पनि चलाए।

पछिल्लो सातादेखि उनी महानगरपालिकाका मेयर बालेन साहसँग जवाफदेहीता खोज्दै सभागृह अगाडि उभिन थालेका हुन् । उनलाई सुरूवाती दिनमा विवेकशील साझा पार्टीले अभियानमा सघाएको थियो भने व्यक्तिगतरुपमा गगन थापालगायतका नेताको साथ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट