मुख्यमन्त्रीलाई मोसो दल्ने धम्की दिदा पक्राउ परेका डाक्टर माफी मागेर छुटे
जनकपुर– फेसुबक मार्फत मधेशका मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिएर पक्राउ परेका चिकित्सक माफ मागेर रिहा भएका छन् ।
सामाजिक सञ्जालमा त्यस्तो लेखेर आफुले गल्ती गरेको र अब यस्तो गल्ती नदोहोरिने सर्तमा डा. अरुणकुमार झालाई रिहा गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार डा. झाले फेसबुकमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मेन्सन गर्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए ।
मुख्यमन्त्रीलाई कालो मोसो दल्ने चेतावनीका साथै सामाजिक सद्भाव भड्किने शब्दहरु प्रयोग गरेपछि उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । मौखिक उजुरीमात्रै भएकोले गल्ती स्वीकार गरेपछि उनलाई छाडिएको डिएसपी अवाले वताए।
डा. झा आयुर्वेदिक चिकित्सक हुन् ।
प्रतिक्रिया