नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लागूऔषध सहित पक्राउ

राजविराज– सप्तरीको बोदेवरसाइन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजनारायण ठाकुरलाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको छ।

छिन्नमस्ता गाउँपालिका–२ महुवा घर भएका ठाकुरलाई बोदेवरसाइन बजारस्थित शत्रुधन चौकबाट पक्राउ गरिएको हो।

पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको उनी सवार लु ५५ प ५४३९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा नम्बर प्लेटको भित्रपट्टी प्लास्टिकमा बेरेर राखेको लागू औषध बरामद भएको थियो।

प्लाष्टिकमा नाइट्राभेट २७ ट्याबलेट र स्पास्मो १५ ट्याब्लेट बरामद भएको सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेले वताए।

ठाकुरलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाहीका लागि अनुशन्धान गर्न सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखिएको उनले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट