कलेज पढ्ने एउटै केटीमा दुई जनाको दावीः विवाद सल्टाउन ग्याङ फाईट गर्न हिडेको समुह पक्राउ

विराटनगर– कलेज पढ्ने एउटी केटीलाई दुई जना केटाले मन पराएपछि सुरु भएको विवादका कारण हुन लागेको दोहोरो झडप प्रहरीले रोकेको छ। विराटनगर– ९ घोघापुल चोकबाट शुक्रवार दिउँसो १५ जनाको एउटा समुह पक्राउ परेपछि सम्भावित ठुलो दुर्घट्ना रोकिएको छ।

पक्राउ पर्नेमा कटहरी ४ का १८ वर्षीय शेषकवि अलि, सुनसरी बर्जू गाउँपालिकाको विजय चौधरी, सोही ठाउँका राहुल दास र १९ वर्षीय ललनकुमार मेहतासहित १५ जना छन्। ती मध्ये १२ जना नाबालक रहेकोले प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुको साथबाट तरवार, खुँडालगायतका हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले वताए। विराटनगरको घोगा पुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्ति चोक जान भनेको उनीहरुले बताएका छन्।

प्रहरीका अनुसार कलेजमा पढ्ने एक किशोरीलाई दुई जना युवाले मन पराएका थिए। उनीहरुमा किशोरी कस्को ? भन्ने विषयमा विवाद भयो। सोही विवाद वढ्दै जाँदा समुह जम्मा गरेर ग्याङ फाईट गर्ने अवस्थामा पुगेको प्रहरीले जनाएको छ। यस विषयमा उनीहरु विच यस अघि पनि पटक पटक विवाद भएको पाईएको छ।

डीएसपी दाहालका अनुसार ग्याङ फाइट गर्न हिँडेको सूचना प्राप्त भएपछि तत्कालै घटनास्थलमा टोली खटाएकाले ठूलो घटना टरेको हो। एउटा समूहले घरेलु हतियारसहितको टोली सुनसरीको बर्जुबाट बोलाएको थियो भने अर्को समूह पनि विराटनगरमा तैनाथ थियो। पक्राउ परेको टोली एउटा समूह मात्रै भएकाले अर्को समुहको पनि खोजी भईरहेको उनले वताए।

पक्राउ परेका १५ जनालाई हिरासतमा राखी थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट