संखुवासभामा डाक्टर र प्रहरीमाथि हातपात गर्ने ३ जना पक्राउ

विराटनगर– संखुवासभामा ड्युटीमा रहेका डाक्टरलाई दुर्ब्यवहार र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला अस्पताल संखुवासभाका डाक्टर र स्वास्थ्यकर्मीलाई हातपात गर्ने उनीहरुलाई बुधबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–१ का २८ वर्षीय विक्रम विश्वकर्मा, २८ वर्षीय आशिष विश्वकर्मा र वडा नम्बर ९ का अनील विश्वकर्मा छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार उनीहरूले मदिरा सेवन गरी बुधबार बिहान १ बजे खाँदबारीस्थित जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी हातपात गरेका थिए।

प्रहरीले सम्झाउँन खोज्दा उनीहरुले प्रहरीमाथी पनि हातपातको प्रयास गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालयको टोली पुगेर उनीहरुलाई पक्राउ गरेको हो।

विक्रम र अनील अस्पतालबाटै र प्रहरी पुगेपछि फरार रहेका आशिषलाई बेलुका ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट