बेलुका विरामीको हल्ला फैलाएर एकाविहानै प्रधानमन्त्री मुस्ताङमा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार बिहानै मुस्ताङको जोमसोम पुगेका छन्।

जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न दाहाल जोमसोम गएका हुन्।

प्रधानमन्त्री दाहाल मुस्ताङ जाने भएपछि मंगलबार रातारात थापाथलीको नर्भिक अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो। उनको स्वास्थ्यमा समस्या आएको नभएर मुस्ताङ जानुपर्ने भएकाले स्वास्थ्य परीक्षण गरेको स्रोतले बताएको छ ।

तर, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले भने छातिमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हल्ला फैलाएका थिए। ‘दिउँसैदेखि स्वास्थ्यमा असहज भएको भएको भन्दै हुनुहुन्थ्यो’ भन्दै सूचना दिएका तिमिल्सिनाले किन झुठो बोले भन्ने खुलेको छैन।

स्रोत भन्छ–‘हिजो स्वास्थ्यमा समस्या आएर होइन । नियमित र मुस्ताङ जानुपर्ने भएर स्वास्थ्य परीक्षण गरिएको हो ।’

मुस्ताङमा प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तर्क्रिया गर्ने बताइएको छ ।

प्रधानमन्त्री आजै मुस्ताङबाट काठमाडौं फर्किने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट