यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य, नेपालले ४५ रनमा गुमायो २ विकेट

काठमाडौं– मुलपानी मैदानमा भईरहेको त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा बुधबार नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पाएको छ ।
टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।
अभिनास बोहराको बलमा उनी आउट भए। त्यसअघि युएईका ओपनर खालिद शाहलाई सोमपाल कामीले पहिलो ओभरमै शून्यमा रोहित पौडेलबाट क्याच गराए।
चौथो ओभरमा करण केसीको बलमा अलिसान शाराफु ६ रनमा कुशल भुर्तेलबाट सामातिए।
त्यसपछि गुल्सन झाले दुई विकेट लिन सफल भए। उनले युएईका कप्तान मोहमद वासीमालाई १७ रनमा र असिफ खानलाई १५ रनमा आउट गरेका थिए।
करणले युएईका लागि ३२ रन बनाएर खेलिरहेका अली नासीरलाई १७ ओभरको पहिलो बलमा पाँचौ विकेटको रुपमा आउट गरे।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै गुल्सन झाले २ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। अभिनास र सोमपाल कामीले १–१ विकेट लिन सफल भए।
अहिले नेपालले ४५ रन वनाएको छ। कुशल मल्ल र कुशल भुर्तेल आउट भएका छन्।