कुकर र भड्डुको हतियार बनाएर श्रीमतीको हत्या, भारत भाग्दै गर्दा पक्राउ

राजविराज– उदयपुरको त्रियुगा नगरपालिकामा एक ब्यक्तिले कुकर र भड्डु भाँडाको हतियार बनाएर श्रीमतीको हत्या गरेका छन्। घट्ना त्रियुगा–५ श्रीपुरमा भएको हो।
उदयपुरगढी गाउँपालिका–७, नागबेली निवासी दानबहादुर राईका छोरा ३१ वर्षिय सन्तोष भन्ने पिटर राईले असोज ३० गते राती ९ बजे कुकरसहितका भाँडाले हिर्काएर श्रीमती २९ वर्षिया छविमाया राईको हत्या गरेका हुन।
करिव एक वर्षदेखि भारतको दिल्लीमा रोजगारी गर्दै आएका पिटर र छविमायाँ १४ दिन अगाडि नेपाल फर्किएर श्रीपुरमा वस्दै आएका थिए। प्रहरीका अनुसार श्रीपुरमा छविमायाँकी दिदीको घर छ। उनीहरु पाहुनाका रुपमा वसेका थिए।
प्रहरीको प्रारम्भिक अनुशन्धानमा श्रीमान श्रीमतीबीच विगत तीन महिनादेखि विवाद हुँदै आएको देखिएको छ। विवादको कारण भने प्रहरीले खुलाएको छैन। मंगलबार पनि पिटरले रक्सी सेवन गरी श्रीमतीसँग विवाद गरी कुकुरले टाउको, नाक र मुखमा हानेर घाईते बनाएका थिए।
गम्भिर घाईते छविमायाँलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल गाईघाटमा भर्ना गरिएको थियो। उपचारकै क्रममा राती साढे १० वजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या गरी भारततिरै भाग्ने योजना बनाएर फरार भएका पिटरलाई प्रहरीले त्रियुगा नगरपालिका–८ राजाबास बैरेनिबाट बुधबार विहान पक्राउ गरेको छ।