एनआरएन सदस्यलाई रामकुमारी झाँक्रीले थर्काएको भिडिओ सञ्जालमा भाईरल

काठमाडौं– राजधानीमा जारी गैरआवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन अन्तर्गत ‘नागरिकता र मताधिकार’ विषयको ‘प्यानल डिस्कसन’मा एनआरएनका कतिपय सदस्यहरूले नागरिकता विधेयकको विरोध गर्दै प्लेनरी सेसनमा सहभागी राजनीतिक नेतृत्वको आलोचना गरे।

आफुहरुलाई बंशजको नागरिक्ता दिनु पर्ने भन्दै राजनीतिक नेतृत्वको आलोचनापछि बोल्ने पालो पाएकी नेकपा एकिकृत समाजवादीकी सचिव रामकुमारी झाक्रिले एनआएएनका ति सदस्यहरुको सातो जानेगरी थर्काएको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

‘पहिले हामी नेपाली विदेश जान केके हर्कत ग¥यौं ? त्यो देशको आईएलआर अथवा ग्रिनकार्ड पाउन के के हर्कत ग¥यौं, आफ्नो नागरिकता त्यागेर, आफ्नो पासपोर्ट त्यागेर। तपाईंहरुले दुई पैसा कमाउनु भाहोला, स्कील होला र नेपाललाई फर्किएर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि, गणतन्त्र पछि संविधान ल्याएर यो व्यवस्था ग¥यौं’ भिडिओमा झाक्रीले भनेकी छिन् ‘अनि तपाईंहरुले कुललाई फाँसीको कुरा गर्ने, कुल आचार्यलाई ? नलिन चाहनेले गैरआवासीय नागरिकता नलिए पनि हुन्छ ।’

‘हरेक देशको सिटिजनसीप सम्बन्धी कानुन त्यो देशको विशिष्टतामा आधारित हुन्छ । नागरिकता र त्यसको अधिकार भनेको ग्लोबल अधिकार होइन । तपाईंले संयुक्त राष्ट्र संघको बडापत्र हेर्नुभयो भने पनि मानव अधिकार विश्वव्यापी हुन्छ । साथी हो, कान खोलेर सुन्नुस् । त्यहाँ तपाईंहरूलाई रेष्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर होला।’ भन्दै उनले आलोचकहरुको सातो उडाईन।

‘तपाईंहरूलाई सिटिजनसिपको अधिकार दिइएको होइन । तपाईंहरूलाई गैरआवासीय नेपालीको अधिकार दिइएको हो । यति कुरा थाहा पाइराख्नुस् । यहाँ आएर अहिले ठूलो कुरा नगर्नु’ उनले अगाडि भनिन्–‘तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो । अनि अहिले खुसीले त्यागेको कुरा, तपाईंहरूले केही आर्थिक समृद्धिका काम, केही सीपका काम गर्नुहोला भनेर गरेको हो । अनि यो हामीलाई थाहा छैन र ?’

‘म त अझ प्रवासमा नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य हुँदा मैले पाँच वर्ष प्रवासमै काम गरेको हो । नेपाली डायस्पोरासँगै काम गरेको हो । त्यसकारण म प्रत्येक नेपाली डायस्पोराको घरघरमा पुगेको छु । त्यसका स्टाटस सबै थाहा छ मलाई’ उनले थपिन–‘हो त्यसकारण, यस्तो गरेर यहाँ आएर परिस्थिति भड्काउने, अपमान गर्ने कुरा होइन । तपाईंले एउटा विदेशी विश्वविद्यालयको डिग्री ल्याउनुभएको होला । नेपाली कन्टेक्टको डिग्री हामीसँग छ । कानुनमा छ, म्यानेजमेन्टमा छ, ह्युम्यानिटीजमा छ । हाम्रो लेजिस्लेटर सूर्य पाठक जापानको पीएचडी हो । इन्टरनेशनल डिग्री छ । अनि तपाईंले प्लेनरीमा बसेका मान्छेलाई यी ज्ञान नभएका मानिस हुन्, यिनले कानुन त बनाए होलान्। तपाईंले त्यहाँबाट हामी गेस्टलाई भन्न मिल्छ ?’

‘जहिले पनि धमिलो पानीमा माछा मार्ने, नेपाली राजनीतिक प्रणालीका बारेमा विदेशमा बसेर फेसबुकमा लेख्ने, विषबमन गर्ने, नकरात्मक धारणा दिने, यही हो तपाईंहरूको काम ? उनले भनिन–‘तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस् । बिहान जुरुक्क उठेर आँखाको चिप्रा नपुस्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुप¥यो ? यहीं चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं । तपाईंहरूले यस्ता कुरा गर्नु सुहाउँदैन । ’

यस अघि एक जनाले राजनीतिक अधिकारविनाको नागरिकता ‘कागजको खोस्टो’ सरह भएको टिप्पणी गरेका थिए। उनले राजा र समोसा व्यापारीको कथा सुनाउँदै भनेका थिए, ‘राजा समोसा खाने मान्छेसँग पनि लोकप्रिय हुन खोजे, समोसा बेच्ने मान्छेसँग पनि लोकप्रिय हुन सके । हाम्रो गाउँघरतिर यसलाई आफैं …. आफैं झाँक्री भन्छन् । नेपालले विदेश गएका मान्छेले सम्पत्ति किन्न नपाउने र विदेश गएकाहरूले अरु नेपाली सरह सुविधा उपयोग गर्न नपाउने भनेर समस्यापूर्ण कानुन यो संसदले, यहाँहरु माननीय भएको संसदले आफैं ल्यायो र आफैं यस्तो एउटा कागज दिएर प्रशंसा गर्न खोज्दै हुनुहुन्छ । यो त्यति चित्तबुझ्दो कुरा भएन ।’

उनीपछि बोल्ने अर्का व्यक्तिले चाहिं नागरिकता पाउने तर राजनीतिक अधिकार नपाउने संसारमा कहिं नभएको दाबी गर्दै आफूहरूको मानवअधिकार हनन भएको बताएका थिए। राजनीतिक अधिकारविनाको नागरिकता दिलाएर एनआरएन अध्यक्ष कुल आचार्यले भ्रममा पार्न खोजेको भन्दै उनले आचार्यलाई ‘फाँसी भोग्नुपर्ला’ भन्दै धम्काउन खोजेका थिए।

बेल्जियममा बस्दै आएका मदन दवाडीले भने भर्खरै जन्मिएकी आफ्नी छोरीको खानपान नमिलेको उदाहरण दिंदै आफूहरुको जिनमा र रगतमा नेपाली नै भएको भन्दै नागरिकताविहीन बनाउन नहुने बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट