सवारी दुर्घटनामा मान्छे मारेपछि क्रान्तिकारी कम्युनिष्टका प्रबक्ता बास्तोला पक्राउ

राजविराज– नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको स्कारपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएपछि सुर्खेत प्रहरीले उनलाई पक्राउ गरेको छ।

स्कारपियोले रङ साईडमा गएर मोटरसाईकललाई ठक्कर दिएको पाईएपछि उनी विरुद्ध सवारी ज्यान मुद्दामा कारवाही अगाडि वढाउने प्रहरीको तयारी छ।

प्रहरीका अनुसार काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बास्तोलाले चलाएको बा९च ७१९८ नम्बरको स्कार्पियोले सुर्खेतको पञ्चपुरी नगरपालिका–९ मा विहिवार राति करिव पौने १० बजे रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

घाईते भएका मोटरसाईकल चालक दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीलाई उपचारका लागि स्वास्थ्य चौकी सिसहनियामा लगिएको थियो। टाउकोमा गम्भिर चोट लागेका घाइते चौधरीलाई स्वास्थ्य चौकी पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसपछि बाँस्तोलालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको दाङका एसपी रामबहादुर केसीले पुष्टि गरे। उनी विरुद्ध सवारी ज्यान मुद्दामा अनुशन्धान भईरहेको केसीले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट