मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु

राजविराज– सप्तरीमा मोटरसाइकल दुर्घटनामा शुक्रबार राति एक युवकको मृत्यु भएको छ । बोदेबरसाइन नगरपालिका १ का ३५ वार्षीय रेमन्त साहको मृत्यु भएको हो।

राजविराजबाट पश्चिम जाँदै गरेको स १०प ४७२ नम्बरको मोटरसाइकल शुक्रबार राति १० बजे हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट