टाढा भएर पनि प्रेमीसँगै भएको अनुभव गर्न सहयोगी बन्नेछन् यी डिभाईस

काठमाडौँ– टाढा भएर पनि सँगै भएको महसुस गराउन बनाईएका यान्त्रिक ओठ अहिले वजारमा अत्याधिक विक्रि भईरहेका छन्। यो ओठलाई फोनमा कनेक्ट गरेर टाढा बसेका प्रेमी जोडी एक आपसलाई किस गर्न सक्छन्।

सिलिकनले बनेको यो उपकरणले सेन्सरको मद्दतले किशिङ डेटा दुई जनालाई ट्रान्सफर गर्छ। केही समय अघिमात्रै चीनले यो उपकरण वजारमा ल्याएको थियो। यो उपकरण लङ डिस्टेनस रिलेशनशिपका लागि वरदान भएको निर्माता कम्पनीको भनाई थियो।

यी सामान पछिल्लो समय अनलाइन र अफलाइन दुबैतिर बिकिरहेका छन् । यी उपकरणहरूले एआई प्रविधिको प्रयोग गरेका हुन्छन् । यी सबै प्रडक्टको विशेषता यही हो कि यिनीहरू जोडीमा पाइन्छन् । अर्थात् दुवै जनासँग एक एक थान उपकरण हुनु पर्छ । किशिङडिभाइस बाहेक पनि बजारमा अनेकौं डिभाइस भेटिन्छ ।

टच ब्रासलेटले पनि यसैगरी काम गर्ने गरेको छ। यसको स्क्रिनलाई कुनै एक पार्टनरले छुँदा एपले अर्को व्यक्तिको डिभाइसमा छोएको डेटा पठाइदिन्छ अर्थात् अर्को व्यक्तिले त्यो छुवाई महसुस गर्छ । टचिङ रिङ र कपल वाचले पनि यसैगरी काम गर्छ ।

टच ल्याम्पमा पनि एक जनाले यो ल्याम्प छुने बित्तिकै दोस्रो व्यक्तिसँग भएको ल्याम्प आफैं बल्छ । अर्कोले आफूलाई सम्झिरहेको छ भन्ने त्यो व्यक्तिले थाहा पाउँछ ।

यसैगरी, स्पेशल कपल स्मार्ट वाचको मद्दतले एउटा पार्टनरको तनाव स्तर, मुटुको धड्कन, श्वासको उतारचढाव, शरीरको तापक्रम जस्ता जानकारी दोस्रो पार्टनरले पाउँछ । अर्को व्यक्तिलाई आफ्नो आवश्यकता कतिखेर छ भन्ने कुरा महसुस हुन्छ । इमोशनल र शारीरिक आवश्कयता पनि अलग–अलग स्मार्ट लभिङ डिभाइसमार्फत पूरा गरिन्छ ।

टाढा भएका प्रेमीसँग अंकमाल गर्न विशेष सूट र एप पनि बजारमा आएको ज्याकेटजस्तै देखिने यो सुटले भर्चुअली नै अंकमाल गरेको जस्तो महसुस गराउँछ । टाढिएका प्रेमीप्रेमिकालाई एक आपसमा कनेक्ट गराउन प्ले स्टोरमा दर्जनौ एप्स पाइन्छ । धेरै सुविधा भएका कयौं एप त पैसा तिरेरै किन्नु पर्छ । टाढा रहेर पनि आपसी सम्बन्ध कायम गर्न यस्ता उपकरणहरु सहयोगी अप्सन हुन सक्छन् ।
– एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट