भरतपुर महानगरपालिकाको फेसबुक पेजमा कस्ले हाल्यो ‘पोर्न भिडियो’ को विज्ञापन ?

भरतपुर- भरतपुर महानगरपालिकाको नाममा रहेको र यसअघि महानगरपालिकाका विभिन्न सूचनाहरु पोष्ट गर्ने गरिएको फेसबुक पेजमा ‘पोर्न भिडियो’ को विज्ञापन शेयर भएपछि हंगामा भएको छ।
‘भरतपुर महानगरपालिका’ नाम भएको फेसबुक पेजको स्टोरीमा शनिवार पोर्न भिडियोको विज्ञापन राखिएको थियो। विज्ञापनमा थप भिडियोका लागि स्वीप अप गर्न भनिएको थियो।
महानगरले उक्त पेज आधिकारिक नभएको जनाएको छ। अंग्रेजीमा भरतपुर लेखी फेरि भरतपुर महानगरपालिका लेखिएको उक्त फेसबुक पेज आफ्नो आधिकारिक नभएको महानगर कार्यालयले जनाएको छ । यद्यपी उक्त पेजमा यसअघि महानगरको आधिकारिक सूचनाहरु पोष्ट भएको देखिएको छ।
भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनका पण्डितले उक्त पेज महानगरको आधिकारिक नभएको बताईन। उनले पेजको दुरुपयोग गरिएको जनाएकी छिन्।
प्रतिक्रिया