दशैंको बेला फ्रिजबाट करेन्ट लागेर एक महिलाको मृत्यु
काठमाडौं- काठमाडौं महानगरपालिका–१६ नयाँबजारमा डेरा गरी बस्ने एक महिलाको फ्रिजबाट करेन्ट लागेर मृत्यु भएको छ।
बारा मधुवन नगरपालिका–१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित आफैले संचालन गरेको चौधरी खाजा घरमा फ्रिज चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई महारजगंजस्थित शिक्षण अस्पतालमा भनाई गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ। दशैंको बेला उनको परिवारमा पीडा थपिएको छ।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
