दशैंमा रमाईलो गर्न हिडेका एकै परिवारका ६ जनाले यसरी ज्यान गुमाए

काठमाडौं– पाल्पाको रानी महल नजिकै भएको जीप दुर्घटनामा मृत्यु भएका ६ जना र घाईते चालक समेत एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ । रानी महल घुमेर फर्कने क्रममा जिप दुर्घटनामा परेका उनीहरु पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहर निवासी भएको प्रहरीले जनाएको छ।

देवचुली नगरपालिका १६ रजहर निवासी मृतक ६५ वर्षका कृष्णबहादुर लोहनी र पार्वती लोहनी श्रीमान–श्रीमती हुन् । उनीहरूकी बुहारी सविना धिताल तथा दुई नातीहरू ईसव लोहनी र सबिस लोहनीको दुर्घटनामा मृत्यु भएको हो।

मृतक चुनु धिताल सबिनाकी आमा हुन् । घाइते चालक कृष्णबहादुरका छोरा हुन् । ईश्वर आफैंले जिप चलाएका थिए । चालकको अवस्था गम्भीर छ। उनीहरू दसैंको अवसर पारेर पाल्पा रानीमहल घुम्न गएका थिए।

शनिबार घरबाट हिँडेका उनीहरु त्यो दिन भैरहवा बसेर पाल्पा हुँदै आइतबार पोखरा पुग्ने तयारीमा थिए। आइतबार पोखरा बसेर सोमबार घर जाने तयारीमा रहेका एकै परिवारका ६ सदस्यको मृत्युले रजहर गाउँ स्तब्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्स्पेक्टर सन्तोष चन्दले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट