मलेसिया गएका ५३ जना नेपाली क्यालालम्पुरको अध्यागमनबाटै फिर्ता

काठमाडौं– वैदेशिक रोजगारीमा मलेसिया गएका ५३ जना नेपाली युवालाई त्यहाँको अध्यागमन विभागले शनिवार नेपाल फिर्ता पठाएको गरेको छ । गत बिहीबार काठमाडौंबाट त्यहाँ गएका उनीहरुलाई तीन दिन विमानस्थलमा वसेपछि फिर्ता पठाईएको हो।

रोजगारदाता कम्पनीका प्रतिनिधि लिनै नआएपछि उनीहरुलाई फिर्ता पठाइएको जनाईएको छ। उनीहरु बाटिक एयरको उडान नम्बर ओडी १८४ बाट काठमाडौं फिर्ता भएका छन्। पीडितहरुका अनुसार ती मेनपावर कम्पनीले प्रतिव्यक्ति तीन लाख रूपैयाँ लिएका थिए ।

काठमाडौंका क्रियटिभ मेनपावर, अल्सा मेनपावर र तिलीचोक मेनपावरले मलेसियाका विभिन्न कम्पनीमा रोजगारीका लागि पठाइएका थिए। उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी आआफ्नो घर पठाइएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट