पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा प्रतिवन्ध लगाउने रिट मुम्वई उच्च अदालतद्वारा खारेज

काठमाडौं– पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा खेल्न प्रतिवन्ध लगाउन परेको रिट भारतको मुम्वई उच्च अदालतले खारेज गरेको छ।
सन् २०१६ मा रिलिज भएको बलिउड फिल्म ‘ए दिल है मुश्किल’पछि पाकिस्तानी कलाकारले भारतीय फिल्ममा काम गर्न पाएका छैनन। ‘ए दिल है मुश्किल’ मा पाकिस्तानी कलाकार फवाद खानले काम गरेका थिए।
‘ए दिल है मुश्किल’ भन्दा अगाडि पाकिस्तानी कलाकार खानले ‘खूबसूरत’ र ‘कपूर एन्ड सन्स’ फिल्म खेलेका थिए। त्यस्तै शाहरूख खानको फिलम ‘रइस’ मा माहिरा खान र ‘मेरे ब्रदर की दुल्हन’ र ‘किल दिल’ मा अली जफरले काम गरेका थिए।
सन् २०१६ मा भएको उरी हमलापछि इन्डियन मोसन पिक्चर प्रोड्युसर्स एसोसिएसनले कुनै पनि पाकिस्तानीलाई भारतीय फिल्ममा नलिने घोषणा गरेको थियो। यो प्रतिबन्धका कारण भारतीय फिल्ममा जमेका पाकिस्तानी कलाकारहरू माहिरा खान, फवाद खान, आतिफ असलम, अली जफर, जावेद शेख र राहत फतेह अली खानलाई समेत असर परेको थियो।
भारतको मुम्बई उच्च अदालतले हालै गरेको एक निर्णयले प्रतिबन्ध फुकुवा हुने सम्भावना देखिएको छ। टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइराख्नुपर्ने माग गर्दै अदालतमा परेको रिट मुम्बई उच्च अदालतले खारेज गरिदिएको छ।
एक फिल्मकर्मी र फैज अनवर कुरेशीले रिट दायर गरेका थिए। यो रिटमा भारत सरकारले पनि पाकिस्तानी कलाकार, संगीतकार, गायक, गीतकार र टेक्निसियनमाथि प्रतिबन्ध लगाउन र उनीहरूसँग कुनै सम्बन्ध नराख्न माग गरेको छ।