भारतीय ८ पूर्व सैनिकलाई कतारमा फाँसी, विदेश मन्त्रालयले जारी गर्यो विज्ञप्ति

काठमाडौं– कतारमा ८ जना भारतीय पूर्व सैनिकलाई फाँसीको सजाय सुनाइएको छ । भारतले भने कतारमा पक्राउ परेका उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ ।

आठै जना भारतीय नागरिकहरु भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु भएको र कतारमा जासुसी गरेको आरोपमा पक्राउ परेका हुन। सेप्टेम्बर २०२२ पक्राउ परेका उनीहरुमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ ।

‘हामीसँग शुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ’ भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ–‘ हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं ।’

‘हामी उनीहरुका परिवारका सदस्यहरु र कानुनी टिमसँग सम्पर्कमा छौं । हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौं र यो कुरालाई कतारको प्रशासनसमक्ष राख्ने छौं’ विज्ञप्तिमा अगाडि भनिएको छ।

भारतीय विदेश मन्त्रालयले अहिले उक्त मुद्दामा कुनै टिप्पणी गर्न नसक्ने पनि जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट