विमानस्थलका प्रहरी नै मानव तस्कर, यसरी पक्राउ परे प्रहरी जवान गुरुङ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ मानव बेचबिखन आरोपमा पक्राउ परेका छन्।
प्रहरी जवान तामाङलाई पक्राउ गरी सोमबार अदालतबाट म्याद लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
तामाङको मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ परेका छन्।
प्रहरीको अनुसन्धानले तामाङ मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा संलग्नता भएको पाइएको प्रहरीको दाबी छ।
प्रतिक्रिया