प्रेमिकालाई विर्यानी पुर्याएर फर्कदै गरेका प्रिन्सिपललाई उनकै योजनामा दागियो ४ गोली

राजविराज– बाराको कलैयास्थित बोर्डिङ स्कुलका फाउन्डर/प्रिन्सिपल ३९ वर्षिय रुपेश सर्राफ (गुड्डु) मारिएको घट्ना अझै चाखलाग्दो देखिएको छ। प्रहरीका अनुसार ट्रेङगल लभस्टोरीका कारण मारिएका सर्राफ घट्ना हुँदा पनि प्रेमिका (हत्याको योजनाकार) राधा गुप्तालाई विर्यानी पुर्याएर फर्कँदै थिए।

रेस्टुरेराँबाट राधालाई बिर्यानी पुर्याई आफ्ना छोराछोरीलाई चाउमिन लिएर फर्किंदै गर्दा रुपेशमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय बारा डीएसपी दधिराम न्यौपानेले बताए। उनका अनुसार रुपेश र राधा एउटै ठाउँ मदरसा टोलका हुन्। राधा वैशाख ०७९ देखि ०८० वैशाखसम्म रुपेशको स्कुलमा लेखापालको रुपमा कार्यरत थिईन। सोही क्रममा उनीहरू नजिकिएका थिए। रुपेश विवाहित हुन्।

अर्कोतर्फ राधा भने तीन वर्षदेखि भारतीय नागरिक मनोज गुप्ता (मामाको छोरा) सँग पनि प्रेम सम्वन्धमा थिईन। भारतको बिहार छौडादनव निवासी मनोज पनि विवाहित नै हुन्। उनी सरकारी शिक्षकसमेत रहेको खुलेको छ। विद्यालयमा काम गर्ने क्रममा रुपेशसँग नजिक भएपछि राधा र मनोजको सम्वन्धमा फिक्कापन आएको थियो।

विस्तारै राधा–रुपेशको सम्वन्धका बारेमा थाहा पाएपछि मनोज र रुपेशका बीचमा पटक–पटक झगडा र कुटाकुटसमेत भएको अनुसन्धानबाट खुलेको छ। मनोजले विद्यालयमै गएर राधालाई पनि कुटपिट गरेका थिए। रुपेशलाई राधासँगको सम्वन्ध नतोडे ज्यान मार्ने धम्की दिएका थिए।

दुई प्रेमीको झगडाका कारण राधालाई एउटा प्रेमी रोज्नै पर्ने बाध्यता भयो। उनले रुपेशलाई छोडेर मनोजलाई रोजिन्। त्यसपछि गएको वैशाखमा रुपेश प्रधानाध्यापक रहेको विद्यालयको जागिर पनि छोडिन। जागिर छोड्दा पनि रुपेशले उनीसँगको सम्वन्ध तोड्न मानेनन्। उनीहरुको अनैतिक सम्वन्धले निरन्तरता पाईरह्यो।

घटना हुनुभन्दा दुई महिना पहिला पनि रुपेशले राधालाई लिएर सिमराको एक होटलमा गएको देखेपछि मनोजले रुपेशलाई मार्ने योजना बनाएको खुलेको छ। रुपेश आफूबाट अलग नभएपछि आफुले पनि हत्याका लागि स्विकृति दिएको राधाले स्विकारेकी छिन्। रुपेशको हत्या गराउन मनोजले १ लाख रुपैयाँ सुटरलाई दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका–६, मदरसा टोलस्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफको १३ कात्तिकमा गोली हानी हत्या गरिएको थियो। प्रहरीले घटनास्थलबाट ४ राउन्ड गोलीको खोका बरामद गरेको छ।

हत्यामा संलग्न रहेको आरोपमा प्रेमीका कलैया–६, मदरशाटोल निवासी २२ वर्षीया राधा, शिक्षकहरू मदरसा टोलका ३४ वर्षीय जमिल अख्तर र कलैया उपमहानगरपालिका–९, रामपुरका २६ वर्षीय रियाज अन्सारी पक्राउ परेका छन्।

रुपेशको हत्याका लागि त्यो दिन राधाका भारतीय प्रेमी मनोज पनि कलैया आएका थिए। तर हत्यापछि उनी फरार भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट