मध्यपहाडी लोकमार्गमा ट्याक्सी भीरबाट खस्दा २ युवाको घट्नास्थलमै मृत्यु

काठमाडौं– मध्यपहाडी लोकमार्ग अन्तर्गत बाग्लुङको ढोरपाटन–२ मलकटिबाङमा ट्याक्सी भीरबाट खसेर दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ।

बडिगाडबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गएराति दुर्घटनामा परेको हो।

दुर्घटनामा ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्सी सडकबाट झन्डै एक सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट